पूर्वी नवलपरासीमा दुई पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट– १३ अविनास ह्याचरीनजिकै नारायणी नदीकिनारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो। परिचय नखुलेको शव नारायणी नदीकिनारमा घोप्टो परेको अवस्थामा फेला परेको हो। मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय नवलपुरको कार्यालयनजिकै कावासोती– ८ मा पनि एक पुरुषको शव फेला परेको छ।
मधेसी मूलकाजस्ता देखिने अन्दाजी ४०-४५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलले जानकारी दिए। उनी सोमबार साँझसम्म कावासोतीमा घुमिरहेकाे बताइएको छ।