१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १२ आइतबार
  • Sunday, 11 May, 2025
२o८o कार्तिक १२ आइतबार १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी आरोपमा फरार एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १२ आइतबार १४:२७:oo

जबर्जस्ती करणी गरेको आरोपपछि फरार रहेका एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

०७७ माघ १० मा बर्दियाको राजापुर नगरपालिका– १५ घर भई नेपालगन्ज उपमहानगरपालिका– ६ स्थित डेरामा बस्ने ४५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका राप्तीसोनारी गाउँपालिका– ५ का ३९ वर्षीय जन्जिर थारूलाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ।

घरमा लुकिछिपी बसेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वैजापुरको टोलीले उनलाई १० कात्तिकमा पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

पक्राउ परेका थारूलाई आवश्यक कारबाहीका लागि प्रहरीले आइतबार बाँके जिल्ला अदालतमा बुझाएको छ।