१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रासस काठमाडौं
Invalid date format १८:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्कका नयाँ महासचिवले कार्यभार सम्हाले

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o३:oo

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन्।

सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मंगलबारदेखि कार्यभार सम्हालेकाे सार्क सचिवालयले शनिबार जनाएको छ।

नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुन्। उनी बंगलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन्। सन् १९९१ मा बंगलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमन, स्विडेनमा बंगलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन्।

उनले क्वालालम्पुर, काठमाडौं, यांगुन र वासिंटन डिसीमा पनि बंगलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन्।

सन् १९६६ मा जन्मेका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन्।