
डोटीको शिखर नगरपालिका– ६ तिलतालीस्थित सेती नदीमा एक नवजात शिशुको बेवारिसे शव फेला परेको छ।
बिहीबार साँझ ५ बजेको समयमा सेतीमा पानी जमेको ठाउँमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिए।
८–९ महिनाकोजस्तो देखिने नवजात शिशु कसले र किन फालेको हो भन्ने भन्नेबारे कुनै जानकारी हुन सकेको छैन। नवजात शिशु फाल्नेको खोजी कार्य भइरहेको छ। शिशुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।