१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o५:५५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

समयभित्र छानिएनन् कांग्रेसको नीति अधिवेशनका प्रतिनिधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५५:oo

४५ जिल्लामा प्रतिनिधि छनोट, ३२ जिल्लामध्ये अधिकांशमा आंशिक क्षेत्रको मात्र निर्वाचन हुन बाँकी

१३ देखि १५ मंसिरमा हुने नीति अधिवेशनका लागि तोकिएको समयसीमाभित्र कांग्रेसका प्रतिनिधि छानिन सकेनन् । केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि छनोटका लागि असोज मसान्तभित्र समय तोके पनि ३२ जिल्लाबाट प्रतिनिधि छनोट हुन बाँकी छ । 

मंसिरमा काठमाडौंमा हुने नीति अधिवेशनका लागि ४५ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार बाँकी जिल्लाका आंशिक क्षेत्रमा निर्वाचन हुन बाँकी छ ।

‘असोज मसान्तको समयावधि तोकिएको थियो । ४५ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेका छन्, बाँकी ३२ जिल्लामध्ये अधिकांशमा आंशिक क्षेत्रको मात्र निर्वाचन हुन बाँकी छ । प्रक्रियामै छन्, छिट्टै सम्पन्न हुनेछन,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने ।

समितिका अनुसार पाँचथर, इलाम, संखुुवासभा, धनकुटा, सप्तरी, सिराहा, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, चितवन, भक्तपुर, मकवानपुर, गोरखा, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, नवलपरासी, गुल्मी, रुकुम (पूर्व), रुकुम (पश्चिम) रोल्पा, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, सुर्खेत, बझाङ, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा गरी ३६ जिल्लामा निर्वाचन भएको विवरण निर्वाचन समितिलाई आएको छ । केहीमा अनुशासन समितिले कारबाही सिफारिस गरेकाले अर्को प्रतिनिधिको नाम मागिएको छ । 

समिति सदस्य श्रेष्ठले यसबाहेक तेह्रथुम, रौतहट, सिन्धुपाल्चोक, नवलपुर, रुपन्देही, बर्दिया, बाजुरामा निर्वाचन सम्पन्न भएको जानकारी दिए । तर, यी जिल्लाको आधिकारिक विवरण भने समितिमा आएको छैन । 

१४औँ महाधिवेशनबाट नेतृत्व चयन गरे पनि कांग्रेसले नीतिका विषयमा छुट्टै महाधिवेशन गर्ने निर्र्णय गरेको थियो । १० साउनमा केन्द्रीय समिति बैठकले महासमिति बैठक बोलाउने र महासमिति बैठकबाटै नीति अधिवेशनसमेत गर्ने निर्णय लिएको थियो । ८ असोजमा सम्पन्न केन्द्रीय समिति बैठकले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको छ । 

दसैँको पूर्णिमाका दिन कांग्रेसको चियापान 
कांग्रेसले कोजाग्रत पूर्णिमा (११ कात्तिक) का दिन दसैँ, तिहार र छठको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार यसअघि लगातार तीन वर्षसम्म रोकिएको चियापान पार्टी कार्यालय सानेपामा गर्न लागिएको हो । 

कांग्रेसमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्ने प्रचलन रहेको छ । ०३३ मा बिपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि ०३४ बाट कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्दै आएको थियो । तर, पछिल्लो तीन वर्षदेखि चियापान रोकिएको छ । कोरोना महामारी र गत वर्ष सम्पन्न निर्वाचनका कारण लगातार तीन वर्ष चियापान रोकिएको थियो ।