Skip This
डोल्पालीलाई प्रतिव्यक्ति ६० केजी चामल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ३ शुक्रबार
  • Saturday, 27 July, 2024
रासस जाजरकोट
२o८o कार्तिक ३ शुक्रबार १३:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पालीलाई प्रतिव्यक्ति ६० केजी चामल

Read Time : < 1 मिनेट
रासस, जाजरकोट
नयाँ पत्रिका
२o८o कार्तिक ३ शुक्रबार १३:४७:oo

डोल्पा र जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नभएको पाइएको छ । डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सीमित चामलबाट प्रतिव्यक्ति ६० केजीका दरले चामल दिने गरिएको छ । जाजरकोट सदरमुकाममा चार सय ५० क्विन्टल मात्र अघिल्लो वर्षको बाँकी रहेको चामल वितरण भइरहेको छ । 

डोल्पामा नयाँ ठेक्काको सबै प्रक्रिया पूरा भए पनि चामल ढुवानी नभएका कारण सदरमुकामको डिपोमा रहेको अघिल्लो वर्षको चामलबाट अहिले प्रतिव्यक्ति ६० केजी मात्र दिने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दुनैका प्रमुख विष्णु घिमिरेले बताए।

सदरमुकाममा एक हजार क्विन्टल चामल रहेकाले त्यहीँबाट अहिले काम चलाउने गरिएको उनको भनाइ थियो। त्यस्तै, सदरमुकामकै अर्को डिपो जुफालमा एक सय ५० क्विन्टल मात्र चामल रहेको र  सदरमुकामभन्दा बाहिरका डिपोमा लामो समयदेखि एक गेडा चामल नभएको उनको भनाइ थियो।

लिकु, सर्मी, सहरतारालगायत डिपोहरूमा लामो समयदेखि चामल नभएको अवस्था छ । यी ठाउँमा ढुवानीकर्ताले आफैँ लिएर चामल बिक्री गर्दै आएका छन् । सदरमुकामबाहेक बाहिर पालिकामा वितरण हुने चामल सबै ठेकेदारले नै बिक्री गर्दै आएका छन् । कम्पनीले कर्मचारी पठाउन नसक्दा सबै ठेकेदारले वितरण गर्दै आएका हुन् । पालिकाले आफैँ अग्रसर भएर सम्बन्धित डिपोमा निगरानी तथा कर्मचारी परिचालन गरर्दा मात्र त्यहाँ पारदर्शी हुने गरेको छ।