१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १२:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बहराइनविरुद्ध नेपालको सानदार जित, दीपेश कँडेलको घातक बलिङ

एसिसी यू-१९ प्रिमियर कप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:१३:oo

युवा स्पिनर दीपेश कँडेलकाे अदभुत बलिङ मद्दतमा नेपालले एसिसी यू– १९ प्रिमियर कपमा बहराइनलाई सात विकेटले सहजै पराजित गरेको छ । 

मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको बहराइन दीपेशको घातक बलिङका सामु ७७ रनमा घुँडा टेक्न बाध्य भयो । 

९.५ ओभर बलिङ गरेका दीपेशले केवल चार रन खर्चेर ६ विकेट लिएपछि  बहराइन ३७.५ ओभरमा केवल ७७ रनमै अलआउट भयो । ९.५ ओभर बलिङ गरेका दीपेशले आठ मेडन ओभर राखेका थिए । उनले फालेका ५९ बलमध्ये ५७ बलमा रन बनेनन्, अर्थात् ५७ बल डट रहे । 

बहराइनका मोहम्मद बासिल अब्दुलले ७७ बल खेलेर ३४ रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । 

दीपेशपछि नेपालका लागि दुर्गेश गुप्ता सफल बलर बने । आठ ओभर बलिङ गरेका दुर्गेशले एक मेडन राखी २२ रन दिएर चार विकेट लिए । 

७८ रनको लक्ष्य नेपालले तीन विकेट गुमाई ११.४ ओभरमा पूरा गर्‍याे । नेपालका लागि अर्जुन कुमालले २७ र कप्तान देव खनालले २१ रन बनाए । दुवै अविजित रहे । 

नेपालको सुरुवात भने खराब भएको थियो । पाँच रनको अवस्थामा ओपनर दीपक बोहाेरा चार रन बनाई आउट भए भने उनको स्थानमा आएका उत्तम मगर गोल्डेन डकआउट भए । 

टिमको स्कोर दश हुँदा एक रन बनाएर दीपक डुम्रे पनि आउट भए । तर, त्यसपछि अर्जुन र देवले नेपाललाई जितसम्म पुर्‍याए ।  

आजको जितपछि नेपाल प्रिमियर कपको सेमिफाइनलनजिक पुगेको छ । नेपाल लगातार दोस्रो खेलमा जित निकाल्दै चार अंक बटुल्दै टेवलमा शीर्ष स्थानमा छ । 

नेपालले आफ्नो पहिलो खेलमा इरान–१९ लाई दुई सय ७४ रनको विशाल अन्तरले पराजित गरेको थियो । नेपालले अब लिगचरणको अन्तिम खेलमा आगामी बिहीबार साउदी अरबको यू–१९ टिमसँग प्रतिस्पर्धा गर्नेछ । 

ad
ad