
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ६ नौकिलोमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
आइतबार बिहान करिब ८ बजेतिर बा.प्र.०२०४६ प १६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका– ६ की २४ वर्षीया संगीता भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना हुँदा स्कुटरचालकको साथमा भेटिएको नागरिकताको आधारमा उनको परिचय खुलेको हो।