
मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोग(आव ०७९/८०)को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन्।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहबीच अध्यक्ष डा. दत्तले आयोगको पाचौँ वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।
आयोगले गत आर्थिक वर्षमा आयोगमा प्राप्त उजुरीमध्ये ९०.८ प्रतिशत कारबाहीको लागि सिफारिस गरेको जनाएको छ।
आयोगका अध्यक्ष डा. दत्तले सरकार आयोगको सिफारिसप्रति गम्भीर नहुनु चिन्ताजनक विषय रहेको बताए, उनले सरकारको बेवास्ताले गर्दा मधेशी समुदायको सशक्तीकरणमा नकारात्मक असर परेको बताए।