१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २४ बुधबार
  • Saturday, 10 May, 2025
२o८o असोज २४ बुधबार १२:o६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै चीन, रुसी राष्ट्रपति पुटिन आउने निश्चित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २४ बुधबार १२:o६:oo

चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा धेरै विदेशी नेता सहभागी हुने अपेक्षा गरिएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले फोरमको उद्घाटन समारोहमा मुख्य सम्बोधन गर्नेछन्। फोरममा भाग लिन आएका विदेशी नेता र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूका लागि स्वागत भोजको आयोजना गर्ने कार्यक्रम छ। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता हुने उक्त कार्यक्रममा आफू सहभागी हुने बताइसकेका छन्। रुसका विदेशमन्त्री सर्गेई लाभरोभले उक्त कार्यक्रममा सहभागी हुने र आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग वार्ता गर्ने रुसी विदेश मन्त्रालयले जनाएकाे छ।  

यो कार्यक्रममार्फत चीनले बेल्ट एन्ड रोड पूर्वाधार पहलको १०औँ वार्षिकोत्सव मनाउनेछ। चीनले मंगलबार श्वेतपत्रमा उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको बताएको थियो। उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकारबराबर हो।

चिनियाँ विदेश मन्त्रालयका अनुसार उक्त कार्यक्रममा एक सय ३० भन्दा बढी मुलुकका प्रतिनिधिले सहभागिता जनाउने बताइएको छ।