१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २१ आइतबार
  • Saturday, 10 May, 2025
२o८o असोज २१ आइतबार १४:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कास्कीको किम्रोङ खोला थुनिएपछि माेदी खोलामा बाढीको जोखिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २१ आइतबार १४:४१:oo

कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ। गएरातिदेखि नै खोला थुनिएर बनेको तालका कारण कास्की र पर्वत हुँदै बग्ने किम्रोङ र मोदी खोलामा बाढीको जोखिम बढेको छ। 

अन्नपूर्ण गाउँपालिका– ११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार खोलाकिनारमा रहेको अग्लो पहाडबाट ठूलो पहिरो खसेपछि शनिबार रातिदेखि नै खोला थुनिएको हो। 

आज बिहान करिब ११ बजेतिरबाट थुनिएको भागको छेउतर्फबाट बिस्तारै पानी बग्न थालेको भए पनि खोलामा निकै ठूलो ताल बनेकाले मोदी खोलाआसपासका नागरिकलाई सतर्ककता अपनाउन आग्रह गरेका छन्। 

खोलाको बहाब घटिसकेकाले ठूलो जोखिमको सम्भावना कम भए पनि मोदी खोलाकिनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताए।  

प्रहरीलाई कुश्मा नगरपालिकाको दोबिल्लादेखि पातीचौर, डिमुवा, नयाँ पुललगायतका स्थानमा पुगेर माइकिङ गर्न र स्थानीयलाई सकर्तकता गराउनका लागि परिचालन गरिएको आचार्यले बताए। 

‘केहीबेर अगाडिबाट तालको छेउबाट बिस्तारै पानी बग्न थालेको छ । तर, पानीको चाप धेरै भएर थुनिएको भाग एकैपटक खोलियो भने किनारआसपासमा सतर्कता अपनाउन भनिएको छ,’ अन्नपूर्ण– ११ का वडाध्यक्ष गुरुङले बताए। किम्रोङ खोला मोदी खोलामा आएर मिसिने भएकाले नदीको बहाब बढ्दा जोखिम पनि बढेको हो।