१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १९ शुक्रबार १९:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा आर्थिक वृद्धिको ठूलो सम्भावना छ : जापानी पूर्वगभर्नर कुरोदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार १९:o७:oo

जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’का पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौती रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताएका छन्।

काठमाडौंको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वअध्यक्षसमेत रहेका कुरोदाले यस्तो बताएका हुन्। १० वर्षअघि नेपाल भ्रमणमा आएको स्मरण गर्दै उनले यस अवधिमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको बताए।

‘पछिल्लो १० वर्षमा नेपालको आर्थिक विकासबाट म प्रभावित भएको छु। तर, यहाँ आर्थिक विकासको अझै प्रचुर सम्भावना छ,’ उनले भने। कुरोदाले नेपालको अर्थतन्त्रका तीनवटा क्षेत्रमा आफूले सम्भावना देखेको औँल्याए। उनले नेपालमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोत प्रचुर रहेको भन्दै यस्ता स्रोतको सदुपयोग गर्न सके नेपालमा आर्थिक विकास हुने जिकिर गरे।

नेपालमा अझै धेरै चुनौती रहेको उल्लेख गर्दै उनले नेपाल सरकार र यहाँको राजनीतिक नेतृत्वले त्यसबारे ध्यान दिनेमा आफू विश्वस्त रहेको बताए। नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्नेमा समेत उनले सचेत गराए।