१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १९ शुक्रबार ११:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहकारीपीडितलाई सम्पर्कमा आउन सिआइबीकाे अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार ११:४o:oo

ललितपुर जिल्लास्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पीडितहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। 

संस्थाकै अध्यक्षसहित पदाधिकारीहरूले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोकनिवासी रवीन्द्र चौलागाईंलाई पक्राउ गरेपछि आफ्नो रकम हिनामिना भएको भए व्यहोरा उल्लेख गरी उजुरी दिन सिआइबीले बचतकर्तामा अनुरोध गरेको हो। 

सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले अहिलेसम्म पीडितहरूबाट रु. साढे चार करोड ठगी भएको भनेर उजुरी प्राप्त भएकाले बाँकी कोही पीडित हुनुहुन्छ भने सम्पर्कमा अनाउनका लागि  सूचित गरिएको जानकारी दिए। 

उक्त सहकारीका पदाधिकारीहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याज दिने प्रलोभन देखाई तिनको रकम मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएर अध्यक्षसहितका पदाधिकारीहरूले हिनामिना गरेका थिए।

सहकारीबाट मासिक तथा त्रैमासिक र वार्षिक रूपमा ब्याज पाइने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा र ब्याज फिर्ता पाइने विश्वासका साथ बचतकर्ताले रकम जम्मा गरेका थिए । तर, बचत गरिएको रकमको साँवा र ब्याज फिर्ता नदिई हिनामिना गरेपछि पीडितहरू प्रहरीमा आइपुगेका थिए। 

पटकपटक ताकेता गर्दा पनि फिर्ता नदिएर आफ्नो निक्षेप जोखिममा परेपछि पीडतहरूले उजुरी दिएका प्रहरीले जनाएको छ। अहिलेसम्म प्राप्त उजुरीमा रु. चार करोड ५० लाख अपचलन र हिनामिना गरेको उल्लेख रहेको सिआइबीका प्रहरी उपरीक्षक अधिकारीले बताए। 

सिआइबीले तुलसी सहकारी, शिवशिखरलगायत विभिन्न सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि अनुसन्धान गरिरहेको छ।