१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o८:१६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसको नीति अधिवेशन तयारी तीव्र : ४३ जिल्लाबाट छानिए प्रतिनिधि, ३४ जिल्लाको बाँकी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१६:oo

१३ देखि १५ मंसिरका लागि तय कांग्रेसको नीति अधिवेशनका लागि असोज मसान्तभित्र महासमिति सदस्यको निर्वाचनको समयावधि तोकिएको छ । निर्वाचन समितिका अनुसार ४३ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेका छन् भने ३४ जिल्लाबाट प्रतिनिधि चयन हुन बाँकी छन् । 

निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार बाँकी रहेका केही जिल्लामा आंशिक क्षेत्रमा निर्वाचन बाँकी छ भने केहीमा सबै क्षेत्रमा निर्वाचन हुन बाँकी छ । समितिका अनुसार पाँचथर, इलाम, संखुुवासभा, धनकुटा, सप्तरी, सिराहा, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, चितवन, भक्तपुर, मकवानपुर, गोरखा, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, नवलपरासी, गुल्मी, रुकुम (पूर्व), रुकुम (पश्चिम) रोल्पा, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, सुर्खेत, बझाङ, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा गरी ३६ जिल्लामा निर्वाचन भएको विवरण निर्वाचन समितिलाई आएको छ । निर्वाचन सम्पन्न जिल्लामा रसुवामा एकजना अन्य पार्टीमा गएको र एकजनालाई अनुशासन समितिले कारबाही सिफारिस गरेकाले अर्को प्रतिनिधिको नाम मागिएको छ । चितवन १० बाट ११ जना निर्वाचित हुनुपर्नेमा १० मात्रको नाम समितिमा आएको छ । हुम्लामा एकजना निर्वाचनमा बागी उम्मेदवार बनेकाले कारबाहीमा परेपछि १० मात्रको नाम फाइनल भएर आएको छ । ती क्षेत्रमा नयाँ प्रतिनिधिको नाम पठाउन निर्वाचन समितिले निर्देशन दिएको छ ।

समिति सदस्य श्रेष्ठले यसबाहेक तेह्रथुम, रौतहट, सिन्धुपाल्चोक, नवलपुर, रुपन्देही, बर्दिया, बाजुरामा निर्वाचन सम्पन्न भएको जानकारी दिए । तर, यी जिल्लाको आधिकारिक विवरण भने समितिमा आएको छैन । यसमध्ये बर्दियाबाट क्षेत्र नं. १ बाट १० जनाको नाम र क्षेत्र नं. २ बाट १२ जनाको नाम आएकाले सच्याउन पठाइएको समितिले जनाएको छ । त्यसबाहेकका ३४ जिल्लामा भने कतिपय स्थानमा आंशिक र कतिपय स्थानमा सबै निर्वाचन क्षेत्रमा निर्वाचन हुन बाँकी छ । ललितपुर र ताप्लेजुङमा भने निर्वाचन प्रतिनिधिसमेत पठाउन बाँकी छ । 

भोजपुर, झापा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, पर्सा, दोलखा, रामेछाप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु अर्घखाँची, दैलेख, सिन्धुली, सल्यान, डोटी, कञ्चनपुर र जुम्लामा भने कुनै पनि निर्वाचन क्षेत्रमा निर्वाचन हुन सकेका छैनन् । यसबाहेक मोरङका क्षेत्र नम्बर ३, ५ र ६, सुनसरी १, उदयपुर १ र २, धनुषा २ र ३, महोत्तरी २ बाहेकको बाँकी, सर्लाही १ र ३ मा बाँकी, बारा ३, धादिङ १, काठमाडौं ८, पाल्पा २, दाङ १ र ३ र कैलाली २ र ३ मा निर्वाचन हुन बाँकी छ । 

यस वर्ष चियापान आयोजना गर्ने
कांग्रेसले यस वर्ष दसैँ, तिहार र छठको अवसर पारेर ११ कात्तिकमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । कांग्रेसले तीन वर्षदेखि रोकिएको चियापान कार्यक्रमलाई यस वर्षबाट निरन्तरता दिन लागेको हो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यसअघि रोकिएको चियापानलाई निरन्तरता दिन लागिएको जानकारी दिए । कांग्रेसले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्दै आएको थियो ।

०३३ मा बिपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि ०३४ बाट कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्दै आएको थियो । तर, पछिल्लो तीन वर्षदेखि चियापान रोकिएको छ । कोरोना महामारी र गत वर्ष सम्पन्न निर्वाचनका कारण लगातार तीन वर्ष चियापान रोकिएको थियो ।