१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १७ बुधबार १५:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोंगबुमा बन्धक बनाएको आरोपमा दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १५:५५:oo

काठमाडौं महानगरपालिका– २६ गोंगबु नयाँबसपार्कस्थित ‘द बर्गर हाउस’मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका– ५ घर भई हाल काठमाडौं महानगरपालिका बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशालाल लामा तथा काभ्रे रोशी गाउँपालिका– ६ स्थायी घर भई हाल काठमाडौं सामाखुशी बस्ने अन्दाजी ३३ वर्षीय भोज लामा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुंगेलले राससलाई जानकारी दिए। 

उनका अनुसार काभ्रेको तेमाल– ७ स्थायी घर भई हाल भक्तपुर राधेराधे बस्ने अन्दाजी २५ वर्षीय देवसिंह लामालाई काठमाडौं महानगरपालिका– २६ गोंगबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’मा अपहरण तथा बन्धक बनाइराखेको भन्ने उजुरीका आधारमा निजहरूलाई पक्राउ गरिएको हो।

नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’बाट प्रहरी निरीक्षक राजन ढकाल नेतृत्वको सातजनाको टोलीले देवसिंह लामालाई अपहरणमुक्त गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुंगेलले बताए। आरोपितहरूविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। रासस