१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Sunday, 11 May, 2025
तस्बिर सौजन्य : नेपाली सेना २३ नं. बाहिनी
२o८o असोज १६ मंगलबार १८:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनाद्वारा मुक्तिनाथ मन्दिरपरिसरमा पूर्वाधार निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार १८:३१:oo

मुस्ताङको मुक्तिनाथ मन्दिरपरिसरमा नेपाली सेनाले पूर्वाधार निर्माण गरेको छ। हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा धार्मिकस्थलको रूपमा रहेको यस क्षेत्रमा सेनाले प्रारम्भिक स्वास्थ्य उपचार कक्ष, शौचालय र  दर्शनार्थीमैत्री विश्रामस्थल निर्माण गरेको हो।

झन्डै ६ महिनाको अवधिमा निर्माणसम्पन्न गरिएको संरचना सोमबार मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई संयुक्त रूपमा हस्तान्तरण गरिएको छ। मन्दिरपरिसरको करिब ८ सय मिटर तलको रेलिङसहितको सिँढी बाटोको दक्षिणतर्फ करिब १ रोपनी सार्वजनिक खाली जग्गामा नेपाली सेनाले उक्त संरचना निर्माण गरेको हो।

सेनाद्वारा निर्मित दर्शनार्थीमैत्री पूर्वाधारको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दीपककुमार बानियाँले एक समारोहका बीच उद्घाटन गरेका छन्। नेपाली सेनाको शीघ्रप्रवाही योजनाअन्तर्गत उक्त संरचनाको निर्माण गरिएको पृतनापति उपरथी बानियाँले जानकारी दिए।

नेपाली सेनाको शीघ्रप्रवाही योजनाअन्तर्गत नेपाली सेना २३ नं. बाहिनी, पश्चिम पृतना हेडक्वाटर र नारायण दल गणका दक्ष जनशक्तिबाट मुक्तिक्षेत्रमा दर्शन गर्न आउने दशनार्थीको हितका लागि मध्यनजर गर्दै स्थानीयको सहकार्यमा मुक्तिनाथ क्षेत्रमा संरचना निर्माण गरिएको हो।

नेपाली सेना हेडक्वाटरबाट विनियोजित बजेट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय मुस्ताङको ८ लाख र नेपाली सेनाको श्रमदानबापत ४७ लाख रुपैयाँ गरी कुल ६७ लाख २७ हजार बजेट लागतमा निर्माण कार्य सम्पन्न गरिएको उपरथी बानियाँले उल्लेख गरे।

नेपाली सेनाद्वारा निर्मित प्रारम्भिक स्वास्थ्य परीक्षण तथा दर्शनार्थीमैत्री विश्रामस्थलअन्तर्गत २ वटा मेडिकल बेडसहितको कक्ष, महिला र पुरुष दर्शनार्थीहरूका लागि अलग-अलग २/२ वटा शौचालय र २३ वटा फलामे बेन्चसहितको विश्रामस्थल निर्माण भएको सेनाले बताएको छ।