१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस बागलुङ
Invalid date format १७:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघले सातै प्रदेशमा लगानी सम्मेलन गर्ने

Read Time : < 1 मिनेट
रासस, बागलुङ
नयाँ पत्रिका
Invalid date format १७:o५:oo

नेपाल उद्योग वाणिज्य महासंघले शिथिलजस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ।

महासंघको तेस्रो कार्यसमितिको बाग्लुङ जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र ढोरपाटनमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो। प्रचुर सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको ढोरपाटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले महासंघको तेस्रो बैठक ढोरपाटनमा आयोजना गरिएको थियो।

उक्त बैठकले देशमा लगानीका क्रियाकलापलाई चलायमान गराउन देशका सबै प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए। बैठकले सन् २०२५ लाई देशका समग्र निजी क्षेत्रले पर्यटन वर्षका रूपमा मनाउने निर्णय पनि गरेको छ। 

पर्यटन वर्ष मनाउनेसम्बन्धी प्रचारप्रसार आजैदेखि सुरु गर्ने र यससम्बन्धी पत्राचार महासंघका देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघमार्फत गर्ने निर्णय भएको छ। अध्यक्ष ढकालको गृह जिल्लामा आयोजना गरिएको सो बैठकले मुलुकमा व्याप्त आर्थिक संकट घटाउँदै तरलता बढाउन असोज मसान्तभित्रै राजनीतिक तथा सरोकारवाला निकायबीच छलफल गर्न एक उच्चस्तरीय तथा सर्वपक्षीय सम्मेलन गर्ने पनि निर्णय गरेको छ।

अध्यक्ष ढकालले महासंघ एवं नेपाल सरकारले समेत वैदेशिक लगानीका लागि आग्रह गरिरहेको वर्तमान अवस्थामा देशभित्रै लगानीको वातावरण निर्माण गरी आर्थिक अवस्था चलायनमान बनाउनका लागि लगानी सम्मेलन गर्ने निर्णय भएको बताए।

त्यसैगरी, पर्यटकीय क्षेत्र ढोरपाटनको पनि प्रचारप्रसार र आवश्यक प्रवर्द्धन गर्नका लागि मुलुकका समग्र उद्योगी, व्यवसायीहरूको छाता संस्था महासंघले बाग्लुङको ढोरपाटनमा बैठक आयोजना गरेको अध्यक्ष ढकालले जानकारी दिए।