मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १५ सोमबार ११:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नौ अर्ब २५ करोडको आइपिओ निष्कासनको तयारीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार ११:१७:oo

नेपाल धितोपत्र बोर्डमा आइपिओ (प्राथमिक सेयर) निष्कासनका लागि नौ अर्ब २५ करोड मूल्यबराबरको ६ करोड ३३ लाख ३१ हजार कित्ता सेयर स्वीकृतिको पखाईमा रहेका छन् । बोर्डका अनुसार प्राथमिक चरणमा सातवटा कम्पनी रहेका छन् ।

यस चरणमा आठ अर्ब ८४ करोड रुपैयाँबराबरको पाँच करोड ६० लाख कित्ता सेयर निष्कासनका लागि आवेदन परेको छ । त्यस्तै, प्रारम्भिक समीक्षाअन्तर्गत ४० करोड ८५ लाख मूल्यबराबरको ७२ लाख ५६ हजार कित्ता सेयर निष्कासनको तयारीका क्रममा रहेका छन् । यसमध्ये रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ पक्रियाअन्तर्गत  निष्कासनको तयारी छन् । 

सर्वोत्तम सिमेन्टको पाँच सय एक रुपैयाँदेखि सात सय ५१ रुपैयाँ ५० पैसामा मूल्य समायोजन हुनेछ भने रिलायन्स स्पिनिङ मिल्सको ६ सय आठ रुपैयाँदेखि नौ सय १२ रुपैयाँसम्म तोकिएको छ । रिलायन्सले सात लाख ७० हजार ६ सय ४० कित्ता र सर्वोत्तमले २४ लाख कित्ता सेयर बुक बिल्डिङमार्फत निष्कासन गर्ने तयारी गरेका छन् ।

निष्कासनको पाइपलाइनमा जलविद्युत् कम्पनी बढी रहेका छन् । सातवटा कम्पनीमध्ये पाँचवटा कम्पनी प्राथमिक चरणमा रहेका छन् भने दुईवटा कम्पनी बोर्डको प्रारम्भिक प्रतिक्रियाको चरणमा रहेका छन् ।