१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १४ आइतबार
  • Wednesday, 26 June, 2024
२o८o असोज १४ आइतबार १८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सिराहामा यात्रुबाहक बस दुर्घटना, दुईको मृत्यु, २५ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १४ आइतबार १८:५२:oo

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिराहाको गोलबजार नगरपालिका– ९ चोहर्वामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिराहाको मिर्चैया नगरपालिका– २ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका– २० का ५० वर्षीय अनिलकुमार झा रहेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

बसमा सवार अन्य २५ जना घाइते भएका छन्। जसमध्ये २ जनाको मिर्चैया र २३ जनाको गोलबजारका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

सप्तरीको राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस दिउँसो अनियन्त्रित भएर चोहर्वामा गोलबजार नगरपालिका– ९ मा रहेको मारुती सिमेन्ट उद्योगनजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर राजमार्गदेखि छेउमा पल्टिएको थियो।

बसचालकका अनुसार स्प्रिङ पत्ता भाँचिएर बस अनियन्त्रित भएको हो। ‘दुर्घटनासम्बन्धी थप कुरा खोज्दै छौंं,’ डिएसपी बस्नेतले भने, ‘बस एक राउन्ड पल्टिएकाले मानवीय क्षति हुन पुगेको हो। चालकसँग बयान लिएको छौँ। थप बुझ्दै छौँ।’

ad
ad
ad
ad