Skip This
सप्तरीबाट तस्करीका सयवटा रेडियो सेट बरामद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १४ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १४ आइतबार १५:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीबाट तस्करीका सयवटा रेडियो सेट बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १४ आइतबार १५:२९:oo

भारतबाट तस्करी गरी ल्याइएको सय थान रेडियो सेट सशस्त्र प्रहरीले बरामद गरेको छ। सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका– २ मोहनपुरबाट करिब आठ लाख रुपैयाँबराबरको रेडियो सेट बरामद भएको हो। 

सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले सो सामान बरामद गरेको हो। उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढाबाट देख्नासाथै फरार भएका थिए।

विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनका लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।