१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १३ शनिबार
  • Wednesday, 26 June, 2024
नवीन गुरुङ संखुवासभा
२o८o असोज १३ शनिबार १८:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

व्यवस्थित बन्दै खाँदबारी र तुम्लिङटारको साप्ताहिक हाटबजार

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८o असोज १३ शनिबार १८:२८:oo

संखुवासभाको सदरमुकाम खाँदबारी र तुम्लिङटारमा लाग्दै आएको साप्ताहिक हाटबजार खाँदबारी नगरपालिकाको सक्रियतामा व्यवस्थित गरिएको छ।

खाँदबारीको टुँडिखेलमा साप्ताहिक रूपमा शनिबार र बुधबार लाग्दै आएको हाटबजार अव्यवस्थित भएको भन्दै जनगुनासो व्यापक भएपछि नगरपालिकाले सक्रियता देखाएको हो। अव्यवस्थित तरिकाले खाँदबारीमा लाग्ने शनिबारे र बुधबारे हाटबजारलाई व्यवस्थित गर्न पटक-पटक खाँदबारी नगरपालिकाको कार्यालयले अनुरोध गर्दासमेत बिचौलिया व्यवसायीहरूले अटेरी गर्दा साना कृषकहरूले ठाउँ पाउन मुस्किल हुने गरेको थियो।

बजारका केही बिचौलियाहरूले साताभरि नै खुला टुँडिखेलमा दोकानको त्रिपाल नहटाउने, सार्वजनिक गाडीहरूसमेत त्यहीँ पार्किङ गर्ने र फोहोरसमेत फ्याँक्ने गरिएकाले विरूप बन्दै गएको थियो। यसअघि पनि नगरपालिकाले पटक-पटक ताकेता गर्दा पनि अटेरी गरेपछि मंगलबारदेखि समस्यालाई समाधान गर्न मेयर महेश थपलिया र उपमेयर महेश्वरा बज्राचार्य श्रेष्ठ अनुगमनका लागि फिल्डमै खटिएका हुन्।

बजारलाई तीन भागमा वर्गीकरण गरी व्यवसायीहरूलाई सजिलो बनाइएको नगर प्रमुख थपलियाले बताए। उनले ठूला र साना व्यवसायीहरूको वर्गीकरण गरिएको तथा ठूला व्यवसायी बढी र साना व्यवसायीलाई कम कर लगाइने व्यवस्था गरिएको बताए। ‘बजारमा ठूलो त्रिपाल हालेर एकैजनाले ५-६ मिटर ओगटेर बस्ने गरेको पाइयो। अब २, ३, ४ र ५ मिटर गरी वर्गीकरण गरेर छुटाइएको छ। व्यवसायीहरू बस्न पाउनुहुन्छ, तर त्योअनुसार कर तिर्नुपर्छ। कृषिजन्य उपज तरकारीको कर संकलन गर्दैनौँ,’ उनले भने।

खाँदबारीमा बुधबार र शनिबार हाटबजार लाग्छ भने तुम्लिङटारमा शुक्रबार हाट लाग्ने गर्दछ। नगर प्रमुख थपलियाले निर्वाचित भएर आउनेबित्तिकै कृषिजन्य वस्तुमा कर नलगाउने घोषणा गरेका थिए।

ad
ad
ad
ad