१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रासस काठमाडौं
Invalid date format १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५३:oo

वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी तीन लाख रुपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका– ५ घर भई हाल काठमाडौं महानगरपालिका– ३२ काँडाघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार निजले अजयकुमार महतोलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने र त्यसका लागि रु. तीन लाख पाँच हजार लाग्ने एवं दुबई पुगेपछि बाइक राइडरमा काम लगाइदिने भनी विश्वास दिलाएर पटकपटक गरी जम्मा तीन लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा शुक्रबार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो।

निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।