१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १२:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता ७ मंसिरदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४o:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीको नामबाट आउँदो ७ मंसिरदेखि पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ।

१६ मंसिरसम्म चल्ने प्रतियोगिता मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा हुन लागेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले प्रतियोगितामा सात प्रदेश, विभागीय टोली नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ क्लबसँगै एकेडेमीका यू– १९ का दुई गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिए।

युवालाई खेलकुदसँग अन्तरसम्बन्धित गराई राष्ट्रव्यापी रूपमा व्यावसायिक खेलाडी उत्पादन गरी अनुशासित, मर्यादित र राष्ट्रप्रेमी नागरिक बनाउने लक्ष्यअनुरूप प्रतियोगिता आयोजना गर्न लागिएको आचार्यको भनाइ छ। आइसिसीको नियमअनुसार खेलाइने प्रतियोगिताको विजेतालाई पाँच लाख, उपविजेतालाई दुई लाख ५० हजार नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ।

यसैगरी, म्यान अफ दी सिरिजलाई ३० हजार, बेस्ट बलरलाई २० हजार, म्यान अफ दी म्याचलाई पाँच हजार नगदसँगै सिल्ड प्राप्त गर्ने एकेडेमीका उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज राजेशकुमार गुरुङले जानकारी दिए।