१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १५:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मंगलदीप अगरबत्तीको ब्रान्ड एम्बेस्डरमा सिवाकोटी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:१८:oo

सूर्य नेपाल प्रालिको उत्पादन मंगलदीप पूजा अगरबत्तीले नेपाली चलचित्र उद्योगकी अभिनेत्री वर्षा सिवाकोटीलाई आफ्नो ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

आफ्ना उत्पादनलाई सशक्त रूपमा ग्राहकमाझ पुर्‍याउन तथा आफ्नो उत्पादनको प्रवर्द्धन गर्न सिवाकोटीसँगको सहकार्य सफल हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । नेपाली सिने जगतमा विभिन्न चलचित्रमा आफ्नो अभिनय देखाएकी वर्षा सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजना गर्ने अभिप्रायको साथ मंगलदीप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको जनाएको छ ।

कम्पनीले मंगलदीप पूजा अगरबत्ती ग्राहकको आवश्यकतालाई आत्मसात् गरी विभिन्न सुगन्ध तथा प्याक साइजमा उपलब्ध रहेको जनाएको छ । यसअन्तर्गत चम्पा, अर्पण, चन्दन ल्यावेन्डर, ज्यासमिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्रीलगायतका उत्पादन बजारमा उपलब्ध छ ।

ad
ad