१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ट्याटु खोप्दा ध्यान दिनुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५५:oo

युवाहरू शरीरका विभिन्न अंगमा आफ्नो प्रिय आइकन, कलाकार, प्रेमी–प्रेमिकाको आकृति कुँदाउने गर्छन् । कतिपयले आफूलाई मन पर्ने जनावर, देउताको पनि आकृति बनाएको देखिन्छ । ट्याटु हाउसका सञ्चालक सन्दीप लामा आफ्ना प्रेरक पात्रको सम्झनामा ट्याटु खोपाउने जमात ठूलो रहेको बताउँछन् ।

‘छोरा–छोरीले बुबा–आमाको चित्र बनाउँछन्, कतिपयले आफ्नो श्रीमान्–श्रीमतीको फोटो राखेर पनि बनाउँछन् । घरमा पालेका पेट (कुकुर–बिरालो) खोपाउने पनि हुन्छन्,’ लामाले बताए ।

उनले आफूले ग्राहकलाई ट्याटुबारे बुझाएर मात्रै खोप्ने गरेको बताए । ‘सबैले ट्याटु खोप्न मिल्दैन । ट्याटु खोप्नुअघि आफ्नो स्वास्थ्य जाँच गर्न आवश्यक छ । शारीरिक रूपमा अशक्त तथा सुगर, ब्लडप्रेसरजस्ता समस्या भएको अवस्थामा ट्याटु खोप्नु उचित हुँदैन ।

शरीरमा सुगर ब्यालेन्समा छ भने मात्रै खोप्दा हुन्छ,’ उनले भने, ‘ब्लडप्रेसरको समस्या भएका व्यक्ति फेन्ट हुन सक्ने खतरा हुन्छ । त्यसैले यस्तो समस्या भएका व्यक्तिले ट्याटु नखोप्दा हुन्छ ।’ १८ वर्षभन्दा माथिका व्यक्तिलाई मात्रै ट्याटु खोप्न दिइने उनले बताए । 

फेसनेबल देखिन शरीरमा ट्याटु खोप्दा भने विशेष ख्याल गर्नैपर्छ । कस्ता किसिमका सामग्री प्रयोग गरेर खोपाइँदै छ भन्ने कुरा विचार गर्नुपर्छ । निर्मलीकरण गरिएका सामग्रीले ट्याटु खोपाउँदा ठूलो समस्या आउँदैन । तर, निर्मलीकरण नै नगरिएका सामग्री ट्याटु खोप्न प्रयोग गरिएको छ भने गम्भीर खालका रोग पनि सर्न सक्छ । 

ad
ad