१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
शान्ति तामाङ काठमाडौं
२o८१ बैशाख २३ आइतबार २१:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौं महानगर र ईःबीच सहमति

Read Time : < 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २१:३९:oo

काठमाडौं महानगरपालिका र अभियानकर्ता ईःबीच सहमति भएको छ । दुई पक्षबीच आज दोस्रो दिन भएको वार्ता सहमतिमा पुगेको हो । यसअघि हिजो बेलुकीसम्म चलेको वार्ता निष्कर्षविहीन भएको थियो । 

हिजोको वार्तामा सहमति जुट्न नसकेको बुँदामा महानगर केही लचिलो भएपछि आज सहमति भएको हो । सहमतिअनुसार साविकमा पूmटपाथ÷सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेको स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले एक साताभित्र पहल गर्ने भएको छ । 

यस्तै, फुटपाथ÷सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफल गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने सहमति भएको छ । 

यसैगरी, अनौपचारिक क्षेत्रमार्फत् हुने व्यापार व्यवसायलाई व्यवस्थि तगर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति पनि भएको छ । 

समितिमा काठमाडौं महानगरपालिकाले तोकेका तीनजना, अभियानकर्ता ईः को तर्फबाट तोकिएका प्रतिनिधि दुईजना, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि एकजना, सहरी विकास मन्त्रालयका प्रतिनिधि एकजना र ट्राफिक प्रहरीका प्रतिनिधि एकजना रहनेछन् । 

फुटपाथ-सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्न १९९ घण्टादेखि राष्ट्रिय सभागृहको मूलगेटमा उभिएर अभियानकर्ता ईंःले प्रदर्शन गरिरहेका थिए । 

ad
ad