१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडाअध्यक्ष छविरमण धमला । फाइल तस्बिर
२o८१ जेठ ३ बिहीबार o९:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बलात्कारको आरोपमा ओखलढुंगाको सुनकोशी– १० का वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:४७:oo

ओखलढुंगाको सुनकोशी गाउँपालिका– १० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा पक्राउ परेका छन् । वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै २५ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले  वडाध्यक्ष धमलालाई पक्राउ गरेको हो । 

धमलाविरुद्ध असोज ५ गते मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पीडित महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार जिल्ला अदालतबाट पक्राउ गर्ने आदेश भएकोमा मंगलबार धमलालाई सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।  

अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै धमला मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका थिए । प्रहरीको खोजी सूचीमा रहेका धमलाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै षड्यन्त्र गरेर आफूलाई फसाइएको दाबी गर्दै आफैँ प्रहरी र अदालतमा हाजिर भएर कानुनी लडाइँ लड्ने प्रतिक्रिया दिएका थिए । 

पक्राउ परेका धमलालाई ओखलढुंगा जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको छ । अदालतको आदेशसँगै अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

धमला स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । पदीय जिम्मेवारीमा रहँदै यौनजन्य अपराधको कसुर लागेको यो दोस्रो घटना हो । अघिल्लो कार्यकालमा लिखु गाउँपालिकाका एक वडासदस्यलाई पनि बलात्कारकाे मुद्दा लागेको थियो । उनी अहिले जेलमै छन् । 
 

ad
ad