१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Friday, 09 May, 2025
रासस काठमाडौं
२o८o असोज ९ मंगलबार १५:३४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम दुई अर्बभन्दा माथि

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार १५:३४:oo

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १८.४५ अंकले बढेर दुई हजार २२.९१ बिन्दुमा कायम भएको छ।

आज विभिन्न दुई सय ८६ कम्पनीका ८७ लाख चार हजार चार सय ७७ कित्ता सेयर ७८ हजार ६ सय १६ पटक खरिद–बिक्री हुँदा रु. दुई अर्ब नौ करोड ३८ लाख नौ हजार पाँच सय १८ बराबरको कारोबार भएको छ।

होटेल तथा पर्यटन समूहको उपसूचक ०.१८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जलविद्युत् समूह ३.९ प्रतिशत र वित्त समूहको उपसूचक १.४४ प्रतिशतले बढेको छ।

मेन्छियाम हाइड्रोपावर लिमिटेड र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। त्यस्तै, शुभम् पावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै मूल्य घट्नेमा भने हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड छ। साे कम्पनीको सेयर मूल्य ५.८७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको रु. आठ करोड ३४ लाख ६६ हजार दुई सय २४ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको चार लाख १४ हजार आठ सय ५० कित्ता सेयर खरिद–बिक्री भएको छ।