१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ९ मंगलबार १२:३२:oo
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

‘नेपालप्रति एनआरएनएको दायित्व र अधिकार’माथि विमर्श

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार १२:३२:oo

अमेरिकाको ओहायो राज्यमा नेपालप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)को दायित्व र अधिकारमाथि छलफल भएको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, ओहायो च्याप्टर र स्थानीय नेपाली संस्थाहरू सेन्ट्रल ओहायो नेपाली एसोसिएसन र एसोसिएसन अफ नेपाली तराई एनइन अमेरिकाको संयुक्त आयोजना र हिमालयन एडल्ट डे केयर सेन्टरको प्रायोजनमा शनिबार ‘नेपालप्रति गैरआवासीय नेपालीको दायित्व र अधिकार’ विषयक अन्तर्क्रिया भएको हो।

गैरआवासीय नेपाली संघ ओहायो च्याप्टरका अध्यक्ष होताराम विश्वकर्माको सभापतित्वमा भएको अन्तर्क्रियामा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नेपाली कांग्रेसकी नेतृ रूपा विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गाैतमलगायतकाको आतिथ्यता रहेको थियो।

अन्तर्क्रियामा डा. राउतले नेपालको वर्तमान राजनीतिक अवस्थाबारे बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र सफल भएको बताएका थिए।

त्यस्तै, कांग्रेस नेतृ विश्वकर्माले आफ्नो पार्टीले युवाको प्रतिनिधित्व गर्दै देशको विकासमा टेवा पुर्‍याउनुका साथै प्रवासमा रहेका नेपालीलाई स्वदेश फर्किने वातावरण सिर्जना गर्न पहल गरिरहेको बताइन्। रास्वपा सांसद गौतमले देशमा आशाको फूल रोपेको दाबी गरिन्।

कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका पूर्वसल्लाहकार डा. दामोदर पाैडेलले अमेरिकाको माथिल्लो सदन कांग्रेसमा बनेको ‘कोकसको’बारे स्पष्ट पारेका थिए। साथै उनले कोरोना महामारीमा आफूले नेपाल र नेपालीका लागि गरेको सहयोग र योगदानको स्मरण गराएका थिए।

अन्तर्क्रियामा एन्टाकी अध्यक्ष डा. मृदुला गुप्ता र कोनाका अध्यक्ष आनन्द तिवारीले ओहायो राज्यमा बस्ने नेपालीको एकता र भावी पुस्तालाई नेपाली संस्कृति सिकाउने कुरामा जोड दिएको बताएका थिए।

त्यसैगरी, सेवा इन्टरनेसनलका सल्लाहकार शिवप्रकाश मिश्राले नेपाल जाँदा र त्यहाँ सरकारी कार्यालयहरूबाट सेवा लिँदा आफूले भोगेका जटिलताबारे बताउँदै देश विकासका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कामको चर्चा गरेका थिए।

कार्यक्रमको अन्त्यमा च्याप्टरका अध्यक्ष होताराम विश्वकर्माले हालै नेपाल सरकारबाट पारित गैरआवासीय नेपाली नागरिकता विधेयकबारे चर्चा गर्दै गैरआवासीय नागरिकले तीन पुस्ताका लागि मात्र नभई वंशजको नागरिकता पाउनुपर्ने बताएका थिए।