Skip This
समवेदना दिन अध्यक्ष तिमिल्सिना नेम्वाङनिवासमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समवेदना दिन अध्यक्ष तिमिल्सिना नेम्वाङनिवासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५५:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमा पुगेर समवेदना प्रकट गरेका छन्।

अध्यक्ष तिमिल्सिना आइतबार बिहान बालुवाटारस्थित नेम्वाङनिवास पुगेर समवेदना प्रकट गरेका हुन्। उनले परिवारका सदस्यहरूलाई राष्ट्रिय सभाको तर्फबाट समवेदनापत्र हस्तान्तरण गरे।

संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो।

अध्यक्ष तिमिल्सिनाले हस्तान्तरण गरेका समवेदनापत्रमा नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन नेम्वाङको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उनको निधनले नेपालको संसद्ले एक अनुभवी,  असल र लोकप्रिय सांसद् एवं संसद्को पूर्वनेता गुमाएको र राष्ट्रले एक सिद्धान्तनिष्ठ देशभक्त इमानदार नेता गुमाएको उल्लेख गरेका छन्।