मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Tuesday, 07 January, 2025
२o८o भदौ २९ शुक्रबार १६:४२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश सरकारलाई थप जिम्मेवार बनाउनुपर्नेमा प्रदेश प्रमुख शेरचनको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार १६:४२:oo

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारलाई थप जिम्मेवार र बलियो बनाउनुपर्ने बताएका छन्।

प्रदेश सरकार जनमुखी र राष्ट्रवादी धारमा निरन्तर अगाडि बढ्दा बलियो हुने धारणा राख्दै उनले यसका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने औँल्याए।

शेरचनले स्थानीय सरकार र प्रदेश सरकारलाई जिम्मेवार रूपमा जनताका समस्या समाधान गर्ने गरी देखिने गरी काम गर्न आग्रह गरे। शुक्रबार प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले संविधान, जनताको भावना र संघीय राज्य प्रणालीको भावनाअनुसार कानुन बनाउनुपर्नेमा जोड दिए।

‘संघीयतामा दम छैन, संघीयताले काम गर्न सकेन’ भन्ने अभिव्यक्तिहरू एकात्मक सोच भएका पश्चगामीहरूको भएको धारणा राख्दै शेरचनले संघीयताको विकल्प खोज्नेहरूसँग जनताका समस्या समाधान गर्ने कुनै योजना नभएको दाबी गरे।

 नेपालको संघीय व्यवस्थामा विदेशी राष्ट्रहरूको नक्कल नगरी समावेशी र समानुपातिक व्यवस्था गरिएको भन्दै उनले यसको विकल्प नभएको दाबी गरे।