१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २४ आइतबार
  • Friday, 09 May, 2025
२o८o भदौ २४ आइतबार १२:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मलंगवामा कर्फ्यु  हट्यो, नाराजुलुस गर्न निषेध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २४ आइतबार १२:o७:oo

सर्लाही सदरमुकाम मलंगवामा शनिबारदेखि लगाइएको कर्फ्यु  आज बिहान ८ बजेदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु  हटाइए पनि नाराजुलुस गर्न निषेध गरिएकाे जानकारी दिए।  

कर्फ्यु  हटाइएपछि मलंगवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चल्न सुरु भएका छन्। मलंगवाका विभिन्न स्थानमा अहिले पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

व्यक्तिहरूले हिँडडुल गर्न पाउने, बजार पसल खोल्न पाउने, तर विरोध जुलुस, धर्ना, आमसभालगायतका कार्यक्रम गर्न नपाइने गरी निषेध गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। 

मलंगवामा दुई पक्षबीच ढुंगा हानाहान तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले हिजो शनिबार साँझ ५ बजेदेखि आज आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। 

अस्ति शुक्रबार साँझ कृष्ण जन्माष्टमीका मूर्ति सेलाएर फर्किने क्रममा झडप भएको थियो। त्यसै विषयलाई लिएर शनिबार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो।