१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २२ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o भदौ २२ शुक्रबार १८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भक्तपुरमा एमालेका १७ सय नयाँ सदस्यको शपथ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २२ शुक्रबार १८:११:oo

नेकपा एमालेले भक्तपुरमा एकै दिन एक हजार सात सय नयाँ संगठित सदस्यलाई शपथ गराएको छ। जिल्ला कमिटी भक्तपुरले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनीहरूलाई शपथ गराइएको हो। 

नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुंगेलले उनीहरूलाई शपथग्रहण गराएका हुन्। कार्यक्रममा बोल्दै ढुंगेलले नयाँ सदस्यहरूले पार्टीको नीति, विचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिस्ट आचरणमा बदलेर लैजानुपर्नेमा जोड दिए।

‘परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ, आजदेखि तपाईंहरूले आफ्नो खल्तीमा एउटा ऐना बोक्नुस् र दैनिक हेुर्नस्। म हिजो कस्तो थिएँ ? आज कस्तो भएँ र भोलि कस्तो हुनेछु भनेर नियाल्नुस्। आफैँलाई परिवर्तन गर्नुस् अनि समाज र देश परिवर्तन गर्न सकिन्छ,’ ढुंगेलले भने।

उनले पार्टीलाई बहुमतमा पुर्‍याउन मिसन २०८४ का लागि क्रियाशील हुन पार्टी पंक्तिलाई निर्देशन पनि दिए।