१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १८ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १८ सोमबार १८:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुशासन, दिगो विकास तथा समृद्धि सेमिनार आगामी असोजमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १८ सोमबार १८:११:oo

आगामी असोजमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १०औँ राष्ट्रिय सेमिनार आयोजना हुने भएको छ। चैतन्य एकेडेमीको आयोजनामा असोज १२ र १३ गते काभ्रेको धुलिखेलमा सम्मेलन हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले जानकारी दिए।

सेमिनारमा प्रशासकदेखि निजी क्षेत्रसम्मका सरोकारवालाको सहभागिता रहने जोशीले बताए। समृद्ध नेपालको लागि सुशासन र दिगो विकास प्राथमिक विषय भएकाले विगत १० वर्षदेखि यसै विषयमा बौद्धिक बहस चलाउँदै आएको चैतन्यले यसै विषयमा आवासीय सेमिनार गर्न लागेको हो।

‘हामीले सन् २०१४ बाट राष्ट्रिय सेमिनारका रूपमा यस कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ। यस कार्यक्रमको मूल भाव भनेको देशमा सुशासन र समृद्धि कसरी कायम गर्न सकिन्छ? आमनेपालीको समृद्धिको चाहना परिपूर्ति गर्न त्यसलाई वास्तविकतामा उतार्ने वा यसलाई यथार्थपरक तुल्याउने आधारहरू के हुन् ? समृद्धिका आधारहरू के हुन् भन्ने नै हो,’ जोशीले भने।

कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति प्राप्त प्रशिक्षकले आआफ्नो विषय विज्ञताको क्षेत्रका दृष्टिकोण व्यक्त गर्नेछन्। त्यसको अलावा संघीयता र समृद्धिको आधार स्थानीय सरकार भएकाले यसमा स्थानीय तहका जनप्रतिनिधि, प्रशासकको पनि कार्यक्रममा सहभागिता रहने जोशीले बताए।

शिक्षा, स्वास्थ्य, निजी क्षेत्रका विद्यालय, शिक्षालय र विश्वविद्यालयमा संलग्न शिक्षाकर्मीहरूले पनि यसअघिका सेमिनारमा सहभागिता जनाएको उनले स्मरण गरेका छन्। उद्यमशीलता र औद्योगिक विकाशसँग जोडिएका व्यवसायीहरू, बैंक, इन्सुरेन्स र वित्तीय क्षेत्रसँग जोडिएका व्यक्तित्वहरू, स्वतन्त्र अद्यताहरू, अनुसन्धानकर्ताहरूदेखि विद्यार्थीहरू पनि यसमा सहभागी हुने गरेको जोशीले बताए।

सम्मेलनका सभाध्यक्ष एवं पूर्वमुख्यसचिव विमल कोइरालाले दुईदिने सम्मेलनले सरकारले लिएको चौतर्फी विकास तथा सन् २०३० सम्मका लागि लिइएको दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे। ‘सम्मेलनले नेपाली समाजमा व्याप्त निराशाबीच आशा जागरुक गर्ने विश्वास लिएका छौँ। अर्कातर्फ शासन व्यवस्थामा सुधार गरेर लोकतन्त्रको लाभांश जनतासम्म कसरी पुर्‍याउने भन्ने सोचका साथ यो सम्मेलन आयोजना हुँदै छ,’ उनले भने।