Skip This
एमाले लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि, तयारी पूरा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o भदौ १५ शुक्रबार १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि, तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार १७:४१:oo

नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन शनिबारबाट बुटवलमा सुरु हुँदै छ। अधिवेशन नजिकिँदै गर्दा नेतृत्व हात पार्न नेताहरूको कसरत बढिरहेको छ।

अधिवेशन तयारीका कामसँगै नेतृत्व हात पार्न मुख्य दुई समूह सक्रिय छन्। उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्षबाट प्रदेशका वर्तमान अध्यक्ष राधाकृष्ण कँडेललाई र महासचिव शंकर पोखरेल पक्षबाट हरि रिजाललाई अध्यक्षका लागि अघि सारिएको छ।

दुवै पक्षले आन्तरिक भेला तथा बैठकहरू गरिरहेको अवस्थामा शुक्रबार अधिवेशन तयारीका सन्दर्भमा प्रदेश कमिटीले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ। १६ गतेदेखि सुरु हुने दुईदिने लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलको अन्तर्राष्ट्रिय सभा हलमा हुँदै छ। सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलोपटक यो अधिवेशन गर्दै छ। अधिवेशनको  उद्घाटन एमाले अध्यक्ष केपी ओलीले शनिबार दिउँसो साढे १२ बजे गर्ने प्रदेश अध्यक्ष कँडेलले बताए।

उनका अनुसार उद्घाटन सत्रमा पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव  प्रदीप ज्ञवाली, सचिवहरू  गोकर्ण विष्ट, छविलाल विश्वकर्मा तथा सचिव एवं प्रदेश इन्चार्ज पद्मा अर्यालका साथै पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनेछ।

उद्घाटपूर्व बिहान १० बजेदेखि बुटवलका १९ वटै वडा, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताको पंक्ति राजमार्ग चौराबाट जुलुस तथा झाँकीसहित अधिवेशनस्थलमा प्रवेश गर्नेछ। 

अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार आठ सय ९५ पार्टी सदस्यहरूबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनबाट छानिएका एक हजार चार प्रतिनिधि रहेका छन्। लुम्बिनीमा यसअघि पाँच सय ७६ सदस्यीय प्रदेश संगठन कमिटी रहेकोमा अब अधिवेशनले दुई सय पाँच सदस्यीय कमिटी निर्माण गर्नेछ।