१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Saturday, 10 May, 2025
२o८o भदौ १५ शुक्रबार १६:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुढीगण्डकीले बगाउँदा धादिङका एक शिक्षक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार १६:२९:oo

बुढीगण्डकी नदीमा नुहाउने क्रममा एक शिक्षक बेपत्ता भएका छन्। नीलकण्ठ नगरपालिका– १३ का वासु तिमिल्सिना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

तिमिल्सिना तीनजना साथीहरूसँग दर्शनका लागि त्रिपुरासुन्दरी गाउँपालिका– १ स्थित नरसिंहधाम पुगेका थिए। साथीहरूसँगै पौडी खेल्दै भिडियो बनाउने क्रममा गहिरो स्थानमा पुग्दा बेपत्ता भएको एसपी मिश्रले बताए।

उनका अनुसार अहिले प्रहरी, स्थानीयलगायतको टोलीले स्थानीय स्तरमा उपलब्ध स्राेत साधनको प्रयोग गरी खोजीकार्य गरिरहेको छ। खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलतर्फ जाँदै छ।

तिमिल्सिना नीलकण्ठ नगरपालिका– १३ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हुन्।