१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १३:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

९५ हजार नक्कली नेपाली रुपैयाँसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:११:oo

मकवानपुर प्रहरीले हेटौँडाबाट बिहीबार राति ९५ हजार नक्कली नेपाली रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ।

प्रहरीले रौतहटको कटहरीया नगरपालिका– ६ का १९ वर्षका धर्मेन्द्र महरा, कटहरीया नगरपालिका– १ का २१ वर्षका दीपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका– २ का ४० वर्षीय विजय तामाङलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा महरा र दासलाई हेटौँडा– १५ स्थित चुरियामाई मन्दिरनजिकै हिँडिरहेको अवस्थामा पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनीहरूको खानतलासी गर्दा महराको साथबाट उक्त परिणामको नक्कली नेपाली रुपैयाँ बरामद भएको प्रवक्ता कार्कीले बताए।

उनीहरूलाई इलाका प्रहरी कार्यलय पशुपतिनगरमा ल्याई सोधपुछ गर्ने क्रममा राक्सिराङका विजय तामाङले उक्त नक्कली रुपैयाँ दिएको सूचना दिएपछि प्रहरीले तामाङलाई पनि नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।