१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १३ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १३ बुधबार १७:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नक्साका सम्बन्धमा चीनसँग कूटनीतिक माध्यमबाट कुरा गर्छौं : सञ्चारमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १३ बुधबार १७:५१:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमबाट कुरा गर्ने प्रतिक्रिया दिएकी छिन्। 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताएकी हुन्।

‘यसमा कूटनीतिक ढंगले नै कुराकानी र पहलकदमी गर्नुपर्ने हुन्छ। हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो। हामीले संसद्को सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौँ। यो नक्सामा देशकै सर्वसम्मत छ,’ उनले भनिन्, ‘चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी गर्‍यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ।’ 

फरक प्रसंगमा मन्त्री शर्माले विभिन्न वादविवाद, संवाद र छलफलका बीच संसद्बाट व्याख्यात्मक घोषणा गरी एमसिसी सम्झौता अघि बढेको विषय स्मरण गराइन्। उनले भनिन्, ‘संसद्को निर्णय जे भएको छ, आजको दिनमा आइपुग्दा एमसिसी कार्यान्वयन हुने कि नहुने भन्ने प्रश्न नै छैन। कार्यान्वयन स्वाभाविक ढंगबाट हुने नै भयो।’

व्याख्यात्मक घोषणा कार्यान्वयनका सन्दर्भमा आकर्षित हुन्छ कि हुन्न भन्ने विषय प्रमुख कुरा भएको उल्लेख गर्दै उनले यसका निम्ति सरकार सचेत रहेको र व्याख्यात्मक टिप्पणीसँग मिसाएर अघि बढ्ने बताइन्।