१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ११ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ११ सोमबार १८:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय समिति सभापतिहरूले लिए पद तथा गोपनीयताको शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ११ सोमबार १८:१८:oo

प्रतिनिधिसभाअन्तर्गतका संसदीय समिति सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार सभामुख देवराज घिमिरेले निर्वाचित १० वटा समितिका सभापतिहरूलाई शपथग्रहण गराएका हुन्।

संसदीय समितिअन्तर्गत अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा  जनता समाजवादीका राजकिशोर यादव, कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा का‌ंग्रेसकी आरजु राणा देउवा सर्वसम्मत निर्वाचित भएका छन्।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन्।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा अब्दुल खान निर्वाचित भएका छन्। यसअघि समितिको सभापतिमा उम्मेदवारी दिएका रास्वपाका गणेश पराजुलीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए।