Skip This
घरेलु हतियार प्रहार गरी ८० वर्षीया वृद्धाको हत्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ११ सोमबार
  • Saturday, 27 July, 2024
२o८o भदौ ११ सोमबार १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घरेलु हतियार प्रहार गरी ८० वर्षीया वृद्धाको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ११ सोमबार १७:४१:oo

दार्चुलामा घरेलु हतियार प्रहार गरी एक वृद्धाको हत्या भएको छ। मालिकार्जुन गाउँपालिका– ७ टोपालिकी ८० वर्षीया भागरथी चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो।

स्थानीयका अनुसार एकल महिलासमेत रहेकी चन्दको घाँटी र छातीमा ८–१० ठाउँमा चक्कु प्रहार भएको देखिएको छ। महिलाको हत्या गरी घरभन्दा एक सय मिटर पर फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

शनिबारदेखि वृद्धा फेला नपरेको भन्दै आफन्तले प्रहरी चौकीमा आइतबार निवेदन दिएका थिए। मृतकका छोरा चक्रबहादुर चन्द आइतबार महेन्द्रनगरबाट घर पुगेपछि जनप्रतिनिधि र प्रहरीले ताला तोडेर घरभित्र पसेका थिए। तर, घरमा पनि नभेटेपछि खोजी गर्दै जाँदा सोमबार बिहान ६ः३० बजे उनको शव भेटिएको हो।

शवलाई जिल्ला अस्पताल दार्चुला ल्याएर पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। पीडितले जाहेरी दिएपछि घटनाबारे थप अनुसन्धान गरिने सिंहले बताए।

घटनामा परिवारकै सदस्यको हात रहेको आशंका गरिएको छ।