१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ११ सोमबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ११ सोमबार १२:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुने अवस्था छैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ११ सोमबार १२:१५:oo

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले जग्गा कित्ताकाट खोल्दैमा तत्काल अर्थतन्त्र चलायमान हुने अवस्था नरहेको बताएका छन्।

उनले घरजग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै घरजग्गा कारोबारमा भने सहजता आउने बताए। अध्यक्ष लोहनीले जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुन्छ भन्नु ‘ओभर कन्फिडेन्स’ हुने उल्लेख गरे।

‘अझै साढे ७ खर्बदेखि आठ खर्ब रुपैयाँ यो सेक्टरले कर्जा लिन सक्छ। कित्ताकाट खोल्दैमा सबै कुरा खुल्छ भनेर भन्यौँ भने यो ओभर कन्फिडेन्स हुन्छ । त्यस्तो होइन। जग्गा कित्ताकाटले केही हदसम्म खोल्छ, तर अन्य आर्थिक परिसूचकहरू पनि सुधार हुँदै जान जरुरी छ,’ उनले भने।

अध्यक्ष लोहनीका अनुसार नेपालमा करिब दुई–तीन प्रतिशत घरजग्गा कारोबार औपचारिक प्रणालीबाट भए पनि करिब ९७ प्रतिशत अनौपचारिक प्रणालीबाट भइरहेको छ।