१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौती छ : आरजु राणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४३:oo

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौती रहेको बताएकी छिन्। 

आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्। नेतृ राणाले समितिले मन्त्रालयहरूलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउने उल्लेख गरिन्।

‘समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ। समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरूलाई उनीहरूको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ कि छैन, साथै जनताको सहजता भएको छ कि छैन? जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरू हुन्छन्। काम गर्ने धेरै ठाउँ छ। सहकारीको अनियमितता धेरै छ। जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडी अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्नेछ,’ उनले भनिन्।

नेतृ राणाले आफू कृषककी छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताइन्।