
सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि ५८ जना राजपत्रांकित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
साउन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै बिहीबार सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्।
त्यसैगरी, सरकारले आर्थिक वर्ष ०८०/८१ का लागि नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र सोअन्तर्गत विकेन्द्रित आयोजना सहयोग इकाइहरूका लागि आवश्यक १९ वटा राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।