१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ७ बिहीबार
  • Friday, 05 July, 2024
२o८o भदौ ७ बिहीबार १६:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

मेयर हमालद्वारा विपन्न विद्यार्थीलाई १० लाखको शैक्षिक सामग्री सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ७ बिहीबार १६:५४:oo

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आफूले पाउने तलबसुविधामा केही रकम थप गरेर सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्।

प्रमुख हमालले नौ लाख ९२ हजार ६ सय २० रुपैयाँबराबरका शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्न नगरका १७ वटा सामुदायिक विद्यालयलाई बिहीबार हस्तान्तरण गरेका हुन्। २९ हजार नाै सय ३४ वटा कापी, १३ हजार नाै सय ५६ वटा पेन्सिल, ६ हजार नाै सय ७८ वटा सार्पनर र त्यति नै संख्यामा इरेजर विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई हस्तान्तरण गरिएको छ। 

गत वर्ष सञ्चालित कक्षा आठको नगरस्तरीय परीक्षामा शून्य नजिता ल्याउने १७ वटा सामुदायिक विद्यालयका तीन हजार चार सय ८९ विद्यार्थीलाई ती शैक्षिक सामग्री वितरण गरिनेछ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगोस् भनेर आफूले पाउने तलबसुविधामा करिब एक लाख रुपैयाँ थप गरेर शैक्षिक सामग्री सहयोग गरेको मेयर हमालले बताए। उपमहानगरले शैक्षिक सुधारका कामहरू अगाडि बढाएको उल्लेख गर्दै हमालले त्यसमा सहयोग गर्न शिक्षक र व्यवस्थापन समितिलाई आग्रह गरे।

उनले विद्यालयहरूमा भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको जानकारी दिए। भौतिक पूर्वाधार र जनशक्तिले परिपूर्ण तथा अंग्रेजी माध्यममा पठनपाठन हुने गरी यस वर्ष पाँचवटा नमुना विद्यालय बनाउने तयारी रहेको उनको भनाइ थियो।

‘प्रत्येक वर्ष पाँचवटा विद्यालयलाई नमुना विद्यालयका रूपमा अगाडि बढाउँछौँ,’ हमालले शिक्षकहरूसँग भने, ‘तपाईंहरू मिहिनेत गर्नोस्, हामी साथ दिन तयार छौँ।’ सामुदायिक विद्यालय सुधारका लागि मेयर शिक्षा सुधार कोषको स्थापना गर्न लागिएको जानकारी पनि उनले दिए। शून्य नजिता आउनुमा विद्यार्थीसँग शैक्षिक सामग्रीको अभाव हुनु पनि कारण रहेको शिक्षकहरूले बताएपछि निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको हमालको भनाइ छ।

सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री निःशुल्क दिने तयारी पनि अगाडि बढेको उपमहानगरले जनाएको छ। सामुदायिक विद्यालयबाट विद्यार्थी पलायन रोक्न गुणस्तर सुधार गर्नुको विकल्प नभएको हमालले बताए। विद्यालयको गुणस्तर सुधारमा सहयोग पुगोस् भनेर उपमहानगरले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई भारतको दिल्लीका नमुना विद्यालयको भ्रमण गराएको थियो।

ad
ad
ad
ad