१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा क्याम्पस बसले ठक्कर दिँदा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

महोत्तरीको जलेश्वर नगरपालिका– ९ प्रकौली चोकमा दामोदर एकेडेमी गेटअगाडि मिट क्याम्पस जनकपुरको बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

ज.८प ९२६७ नम्बरको मोटरसाइकलमा प्रकौलीबाट जनकपुरतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको बा.२क १५३६ नम्बरको बसले ठक्कर दिँदा प्रकौलीनिवासी ३५ वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। चालक फरार रहेका र बस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

हुलाकी सडकको जलेश्वर–जनकपुर खण्डमा काम नहुँदासमेत सडक अवरुद्ध गर्दा दुर्घटना भएको भन्दै स्थानीयले अहिले सडक जाम गरेका छन्।