१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ७ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ७ बिहीबार o६:१८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री प्रचण्डले दिए समकक्षी नरेन्द्र मोदी र भारतीय जनतालाई बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ७ बिहीबार o६:१८:oo

प्रधानमन्त्री प्रचण्डले छिमेकी मुलुक भारतले चन्द्रयान– ३ को सफल अवतरण गराएकोमा समकक्षी नरेन्द्र मोदी र भारतीय जनतालाई बधाई दिएका छन् । ‘मित्रराष्ट्र भारतले ‘चन्द्रयान– ३’ नामक यान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको खबरले प्रफुल्लित छु ।

मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस ऐतिहासिक कार्यका निम्ति समकक्षी महामहिम नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु ।’