Skip This
सबै उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गरौँ : सांसद पन्थ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ५ मंगलबार १७:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सबै उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गरौँ : सांसद पन्थ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार १७:o१:oo

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले २०४६ सालभन्दा अघि र पछिका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले हालसम्मका सबै उच्च पदस्थ व्यक्ति, कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि, सांसद, मन्त्री, प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन्। पन्थले संविधान र व्यवस्था ठीक छैन भन्ने भाष्यका साथ ०४६ सालपछिका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरिएको भन्दै उनले ०४६ सालभन्दा अगाडिका पनि सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताए।

‘राजनीतिमा खराब मान्छे मात्रै छन् भन्ने र खराब मात्रै हुन्छ भन्ने भाष्य निर्माण भइरहेको छ। संविधान र व्यवस्थामाथि प्रहार भइरहेको छ। यहाँ सबै खराब छन् भन्ने भाष्य निर्माण भइरहेको छ। राजनीतिलाई सफा, आकर्षक र जिम्मेवार बनाउनु पनि अबको आवश्यकता हो। खराबको भिडमा असल मान्छे पनि त चिन्न सकिएन। त्यसैले पनि काण्डहरूको अनुसन्धान र छानबिन हुन आवश्यक छ,’ उनले भने।

०४६ अघिका व्यक्ति र व्यवस्था ठीक नभएर नै परिवर्तन गर्नुपरेको उल्लेख गर्दै सांसद पन्थले त्यसअघिका उच्च पदस्थहरूको पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग राखे।