१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Sunday, 11 May, 2025
तस्बिर : एपी
२o८o भदौ ३ आइतबार १२:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गर्मीले इटलीको कृषि क्षेत्रमा ६ बिलियन युरो नोक्सान हुने अनुमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार १२:४३:oo

इटलीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटलीमा अत्यधिक गर्मीका कारण ६ बिलियन युरो (६.५ बिलियन अमेरिकी डलर)को नोक्सान हुने अनुमान गरेको छ। इटलीको इतिहासमै यो वर्ष कृषि क्षेत्रका लागि कालो वर्षको रूपमा रहने उनीहरूको भनाइ छ।

रिपोर्टअनुसार इटलीले यस वर्ष हालसम्म ११ वटा मौसमजन्य विपतका घटनाको सामना गरेको छ। जसमा असिना, तुफान, बाढी र आँधीबेहरीका साथै लामो समयसम्म रहने गर्मी रहेका छन्। इटालीमा इतिहासमै तेस्रो धेरै गर्मी भएको वर्ष हो यो।

यस वर्षको तापक्रम औसतभन्दा ०.७६ डिग्री सेल्सियसले बढी छ। जुलाईमा यस वषकै सबैभन्दा धेरै गर्मी सामान्यभन्दा १.९६ डिग्री सेल्सियस रेकर्ड कायम भएको थियो। तर, यस वर्षको तापक्रम हालसम्म २०२२ को तुलनामा कम रहेको बताइएको छ। २०२२ इटलीका लागि इतिहासमै सबैभन्दा बढी गर्मी भएको वर्ष हो। इटलीमा २०१४ यताका सात वर्ष सबैभन्दा बढी गर्मी छ।

तातो मौसमका कारण कृषि क्षेत्रमा असर पर्ने अनुमान छ। इटलीमा यस वर्ष तातो मौसमका कारण गहुँ उत्पादनमा १० प्रतिशत, अंगुरमा १४ प्रतिशत, नासपातीमा ६३ प्रतिशत र महमा ७० प्रतिशत गिरावट आउने बताइएको छ।

सोमबारबाट मध्य र दक्षिण इटलीमा गर्मीको अर्को लहर सुरु हुने अनुमान छ । ती क्षेत्रमा गत साताको भन्दा ३ देखि ४ डिग्री सेल्सियसले तापक्रम बढ्ने अनुमान छ। मध्य र दक्षिण इटलीका धेरै भागहरूमा आगामी दिनहरूमा उच्च तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल