१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तागठबन्धन बैठककाे निर्णय- उच्चस्तरीय छानबिन आयोग आवश्यक छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५४:oo

सत्तागठबन्धनको बैठक भर्खरै सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले सुन तस्करीको विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेको माग सम्बोधन हुन नसक्ने निष्कर्ष निकालेको छ। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सुन प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको अवस्थामा उच्चस्तरीय आयोग माग्नु छानबिनलाई अवरोध गर्नु र छानबिनलाई अन्यत्रै मोड्नु हो भन्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए। 

‘लामो समयदेखि संसद् अवरुद्ध छ। प्रमुख प्रतिपक्षले सुन प्रकरणमा छानबिनको माग गरिरहेको छ। यता, सिआइबीले सुन प्रकरणको छानबिन गरिरहेको छ। यो अवस्थामा उच्चस्तरीय आयोग आवश्यक छ छैन भन्नेबारे छलफल भयो,’ उनले भने, ‘छलफलले यति वेला आयोग माग्नु भनेको भइरहेको छानबिनलाई अवरोध गर्नु र यसलाई डाइल्युट गर्नु हो भन्ने निष्कर्ष रह्यो।’