१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २७ शनिबार
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २७ शनिबार १९:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘खेलकुद महासंघ समाजवादीलाई राखेपमा समावेश नगरे सरकारमा बस्न जरुरी छैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २७ शनिबार १९:o३:oo

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकारले पार्टीनिकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

राखेपमा आफ्नो पार्टीनिकट सो महासंघलाई किन समावेश नगरेको? भन्दै खनालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महासंघलाई तत्काल राखेपमा समावेश नगरे आफ्नो पार्टीलाई सरकारमा बसिरहन जरुरी नभएको चेतावनी दिए।

‘हामी सरकारसँग पनि संघर्ष गर्छौं। अहिले खेलकुद परिषदमा हाम्रो संगठनलाई समावेश गरिएको छैन। किन नगरिएको हो? म सरकारसँग प्रश्न गर्न चाहन्छु। यदि हाम्रो पार्टी पनि सत्तामा छ भने भोलि नै हाम्रो संगठनलाई पनि त्यहाँ संगठित गर्नुपर्‍यो । होइन भने यो सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीका लागि?’ खनालले प्रश्न गरे।